News and Events

करोबर बन्द हुने बारेको सूचना !!!

Merger Notice

Suchi Darta

फेवा विकास बैंकको ATM सेवा उद्घाटन

फेवा विकास बैंकको ATM सेवा उद्घाटन

फेवा विकास बैंक लिमिटेडले रुपन्देही–बुटवल स्थित नयाँगाउँ शाखाबाट ATM सेवा प्रारम्भ गरेको छ । उक्त ATM सेवा को उद्घाटन फेवा विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापा तथा बुटवल नयाँगाउँ स्थित स्वामिनारायण मुक्तिनाथ धामका स्वामि लोकानन्द महाराजले संयुक्त रुपमा गर्नु भयो । यो समेत बैंकको देशभरमा ATM संजाल १६ वटा पुगेको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले यस ATM सेवाबाट सेवाग्राहीहरुलाई विदाको दिनमा समेत रकम निकाल्न सहज हुने विचार व्यक्त गर्नु भयो । उहाँले भविश्यमा आधुनिक बैंकिङ्गका यस्तै अन्य सेवाहरु समेत थप गर्दै जाने र स्थानिय सेवाग्राहीहरुलाई सुविधा पु¥याउने लक्ष्य रहेको विचार व्यक्त गर्नु भयो । यसै क्रममा उहाँले सम्पूर्ण महानुभावहरुलाई बैकमा खाता खोली बैक मार्फत कारोबार गर्न अनुरोध समेत गर्नु भयो ।
यसै अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका –१३ मा अवस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहारा घर) मा आश्रीत अनाथ बालबालिकाहरुलाई खाद्यान्न तथा स्टेशनरी सामाग्रीहरु समेत वितरण गरेको छ ।
वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, SMS बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदानगर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

ASBA Notice

फेवा विकास बैंकको संचालन मुनाफा रु २८ करोड ५३ लाख

फेवा विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ को दोस्रो त्रयमासमा संचालन मुनाफा गत वर्ष सोही अवधीको तुलनामा ६५ प्रतिशतले वृद्धी गरी रु. २८ करोड ५३ लाख आर्जन गर्न सफल भएको छ । सोही अवधीसम्म निक्षेपमा गत वर्ष सोही अवधीको तुलनामा २० प्रतिशतले वृद्धी गरी रु. १२ अर्ब ५९ करोड र कर्जातर्फ गत वर्ष सोही अवधीको तुलनामा २६ प्रतिशतले वृद्धी गरी रु.११ अर्ब १४ करोड पु¥याएको छ । कर्जा निक्षेप तथा पूँजीकोष अनुपात ७८.१७ प्रतिशत र तरलता अनुपात २५.६७ प्रतिशत कायम रहेको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा पनि गत वर्षको तुलनामा अत्यन्तै न्यून रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले गराउनु भयो ।
बैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS ATM, SMS बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यास सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदानगर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।
पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राण्ट्रबैकमा निवेदन दिइएकोमा नेपाल राण्ट्रबैकवाट सैद्धान्तिक सहमती पत्र (LOI) आइसकेको र दुवै बैकको साधारण सभाले पनि एक आपसमा गाभ्ने/गाभिने (मर्ज गर्ने) सम्वन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत रुपमा पारित गरेको छ । सभाले बैंकको केन्द्रिय कार्यालय नेपाल राष्ट्र बैंकको स्वीकृती लिई काठमाडौं महानगरपालिमा स्थान्तरण गर्ने र मर्जर पश्चात कायम हुने चक्तापूँजी रु १ अर्व ८४ करोडकोे २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । मर्जर पश्चात बैंकको नेटवर्थ, शाखा सन्जाल, व्यवसायको बजार अंश तथा ठुला परियोजनामा लगानीको पहुच र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुन गई ग्राहकवर्गले थप सेवा सहित सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्नेछन् ।

फेवा विकास बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

शेयरधनी महानुभावहरु,

यस बैंकको मिति २०७३ पुस ७ गते विहीवार बसेकोे सञ्चालक समितिको १८३ औं बैठकको निर्णयानुसार निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरु उपर छलफल गर्नको लागि यस बैंकको नवौंं वार्षिक साधारण सभा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ बमोजिम यो सूचना प्रकाशित गरिएको व्यहोरा अवगत गराउदै सभामा उपस्थितिको लागि समेत हार्दिक अनुरोध गर्दछौं ।
सभा हुने मिति, स्थान र समय :
मिति    : २०७३ साल पुस २९ गते, शुक्रवार  (तदनुसार जनवरी १३, २०१७)
स्थान    : होटल बाराही, लेकसाइड,पोखरा
समय    : बिहान ०९ः३० बजे

संचालक समितिको आज्ञाले,
कम्पनी सचिव

विस्तृत सूचनाको लागि यहाँ Click गर्नुहोला
मिति २०७३ पौष ८ गतेको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकासित सूचनाको लागि यहाँ Click गर्नुहोला

फेवा विकास बैंकको वोनश शेयर स्विकृत

फेवा विकास वैकको संचालक समितिको  निर्णय अनुसार आ.वं २०७२/७३ सम्मको संचित मुनाफावाट चुक्तापूंजीको २०.६० प्रतिशत वोनश शेयर वितरण गर्ने निर्णय नेपाल राण्ट्र बैकवाट स्वीकृत भएको छ । उक्त वोनश शेयर वैकको नवौंं बार्षिक साधारण सभावाट पारित भए पछि वितरण गरिने छ  । यस पश्चात बैंकको कुल चूक्तापूजी रु १ अर्व १९ करोड ९९ लाख सत्तरी हजार पुग्ने छ ।

फेवा विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ को पहिलो त्रैयमासमा निक्षेप रु.१२ अर्ब १२ करोड र कर्जा रु.१० अर्ब ५८ करोड पु¥याएको छ ।साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा  ABBS, ATM, SMS बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदानगर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ । वैकले ग्राहकको  निक्षेप प्रतिफललाई ध्यानदिदै ९९ दिने मुद्धतीमा वार्षिक ८.३ प्रतिशत निक्षेप वजारमा ल्याएको छ । यो योजना वैकका केन्द्रिय कार्यालय सहित २९ वटा शाखा  मार्फत प्राप्त गर्न सकिने छ ।

पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राण्ट्रबैकमा निवेदन दिइएकोमा नेपाल राण्ट्रबैकवाट सहमती पत्र (LOI) आइसकेको र मर्जर पश्चात बैंकको नेटवर्थ, शाखा सन्जाल, व्यवसायको बजार अंश तथा ठुला परियोजनामा लगानीको पहुच र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुन गई ग्राहकहरुले थप सेवा सहित सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्नेछन्।

Revised interest rate 2073.7.23

intratefinal

Happy Dipawali-2073

final