फेवा विकास बैंकको ATM सेवा उद्घाटन

फेवा विकास बैंकको ATM सेवा उद्घाटन

फेवा विकास बैंक लिमिटेडले रुपन्देही–बुटवल स्थित नयाँगाउँ शाखाबाट ATM सेवा प्रारम्भ गरेको छ । उक्त ATM सेवा को उद्घाटन फेवा विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापा तथा बुटवल नयाँगाउँ स्थित स्वामिनारायण मुक्तिनाथ धामका स्वामि लोकानन्द महाराजले संयुक्त रुपमा गर्नु भयो । यो समेत बैंकको देशभरमा ATM संजाल १६ वटा पुगेको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले यस ATM सेवाबाट सेवाग्राहीहरुलाई विदाको दिनमा समेत रकम निकाल्न सहज हुने विचार व्यक्त गर्नु भयो । उहाँले भविश्यमा आधुनिक बैंकिङ्गका यस्तै अन्य सेवाहरु समेत थप गर्दै जाने र स्थानिय सेवाग्राहीहरुलाई सुविधा पु¥याउने लक्ष्य रहेको विचार व्यक्त गर्नु भयो । यसै क्रममा उहाँले सम्पूर्ण महानुभावहरुलाई बैकमा खाता खोली बैक मार्फत कारोबार गर्न अनुरोध समेत गर्नु भयो ।
यसै अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका –१३ मा अवस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहारा घर) मा आश्रीत अनाथ बालबालिकाहरुलाई खाद्यान्न तथा स्टेशनरी सामाग्रीहरु समेत वितरण गरेको छ ।
वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, SMS बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदानगर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।